रामेछापमा प्रतिनिधिसभाको टिकट माअ‍ोवादी केन्द्रले पाउने !



२३ असोज, काठमाडौं ।
वाम वठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले टिकट पाउने भएको छ । नेकपा एमाले र नेकपा माओवादबीच ६० र ४० को भागवण्डा अनुसार रामेछाप जिल्लाको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले टिकट पाउने भएको हो ।
निर्वाचन क्षेत्र बाँडफाँड कार्यलदमा सहभागी एक नेताले रामेछाप न्युजसँग भने,‘दुई दलको बीचमा दोलखाको प्रतिनिधसभा निर्वाचनमा एमालेले टिकट लिने र रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रले लिने सहमति जुटेको छ ।’ प्रदेश नम्बर ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ ।

जसमा रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक,एक सिट पाउने सहमति भएको ती नेताले बताए । २०७० को संविधानसभा निर्वाचनमा रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकबाट माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचन जितेको थियो । प्रदेश नम्बर तीनबाट तीन वटा जिल्लामा मात्र माओवादीले जित हासिल गरेको थियो । दोलखामा माओवादीले प्रतिनिधिसभा निर्वाचनमा दावी नगरेको कारण रामेछाप लिने निश्चित भएको बताइएको छ ।
प्रदेशमा दुवै दलको लविङ
नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको छनोट गर्नको लागि सुझाव संकलन गरेर नामावली पनि संकलन गरेको छ । तर वाम गठबन्धनमा टुंगो नलाग्दा समेत पर्ख र हेरको नीति लिएको छ । त्यसैगरी वामगठबन्धमा निर्वाचन क्षेत्र बाँडफाँड गरेपनि मात्र उम्मेदवार टुंगो लगाउने भन्दै माओवादी केन्द्रले भोलीको लागि जिल्ला कमिटीको बैठक बोलाएको छ । दुई पार्टीबीच प्रदेशमा कसले कहाँ लिने भन्ने लविङ नेतृत्व तहमा सुरु भएको छ । एमालेले माओवादी केन्द्रले संघको टिकट पाए प्रदेशसभा निर्वाचन क्षेत्रको दुई वटा स्थानमा आफूले पाउनु पर्ने दावी गरेको छ ।
माओवादीले पनि प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ र प्रतिनिधिसभाको टिकट पाउनु पर्ने दावी गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले नै टिकट पाउने करिब निश्चित भएको एमालेका एक नेताले बताए । उनले भने,‘एमालेको भागमा प्रदेशकासभा निर्वाचन क्षेत्र नम्बर १ परेको अवस्थामा पार्टीका जिल्ला अध्यक्ष शान्ति पौडेल हुने निश्चित छ, यसमा ठूलो विवाद केही पनि छैन् । तीन दलिय वामगठबन्धनले टुंगो लगाए लगत्तै पौडेल सर्वसम्मत रुपमा उम्मेदवार हुने करिब पक्का छ, ती नेताले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्