रामेछापको गोकुलगंगा बेतालीकी १६ बर्षिय बालिकाको हत्या गर्ने कार्की प्रहरीद्धारा पक्राउ



२३ असोज, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकीको १६ बर्षिय बालिका अम्बिका बस्नेतको हत्यामा संलग्न बेतालकीकै राजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका वीस बर्षिय कार्कीले आफूले आवेषमा आएर बसिरहेको ठाउँबाट हुत्याइदिएको स्वीकार गरेपछि प्रहरीले हत्या आरोपीलाई सार्वजनिक गरेको हो ।

तस्बीरः पत्रकार टिका भट्टको फेसबुकबाट

असोज १७ गते गोठ नजिकै बारीमा घाँस काट्न गएकी अम्बिका अपरान्ह ३ बजेबाट वेपत्ता भएकी थिइन् । असोज १८ गते विहान उनको लास गोठदेखि २५ मिटर तल खिम्ति खोला किनारमा पानी भित्र घोप्टो परि छाप । ढुङगोले पेको अवस्थामा फेला परेको थियो जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले कार्कीलाई अरोज १९ गते पक्राउ गरेको थियो ।
हत्यामा संलग्न कार्कीले आफूले कमाएको बारीमा अम्बिकाले घाँस काटेको विषयमा भनाभन हुँद्या आवेषमा आएर भिरबाट हुत्यादिएको र उनी अचेत भएपछि खिसादै खिम्ती खोलमा लगेर फालिएको बनया दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । प्रहरीले आरोपी माथि हत्याको आरोपमा अदालतमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्