अब भुकम्प पीडितहरुले ३ लाख निर्ब्याजी ऋण पाउने



२३ असोज, काठमाडौं ।
भुकम्प गएको दुई बर्षपछि सरकारले भुकम्प पीडितहरुलाई राहत हुने निर्णय गरेको छ । भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो । अब धोतो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।सरकारको यो निर्णयसँगै भूकम्प पीडितहरुले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्