रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुलमा चैत्रभित्र नै गाडी गुडने



२४ असोज, रामेछाप ।
रामेछाप र सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको कार्य सुरु भएको छ । बर्षाको कारण रोखिएको पुल निर्माणको कार्य सुरु भएको छ । आगामी चैत्र महिनाभित्र गाडी गुडाउने उदेश्यको साथ ठेकेदार कम्पनीले काम गर्ने प्रतिबद्धता स्थानीयसँग व्यक्त गरेको छ ।

रामेछापको सुनापति गाउँपालिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले आगामी चैत्र भित्र काम सम्पन्न गर्ने गरी पुल निर्माणको काम सुरु भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘बर्षाको कारण रोखिएको पुल निर्माणको काम पुनः सुरु भएको छ, यस बर्ष पक्की पुलबाट गाडी गुडछ ।’


आठ बर्ष अघि निर्माण कार्य सुरु भएको पुल निर्माणको कार्य पुनः पुलको नक्सा डिजाइन, बर्षा लगायतको कारणले ढिलाई हुँदै आएको थियो । बर्षा अगाडि पुलको सिन्धुलीपट्टीको तीन वटा पिल्लर निर्माण कार्य सम्पन्न भएर अहिले ढलानको काम अगाडि बढेको छ भने रामेछाप पट्टीको पिल्लर निर्माणको कार्य दुई मिटर मात्र बाँकीरहेको छ । झण्डै सत्तरी मिटर लम्बाईको पक्की पुलको आधा भन्दा बढी भागमा ढलान र थोरै मात्र ट्रसबाट निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्