रामेछापकपो भुजी लिग फुटवलः हुपिनचुली र पबित्र युवा क्लब सेमिफाईनलमा



२४ असोज, रामेछाप ।
हुपिनचुली युनाइटेड क्लब भुजी र ओखलढुङगाको पबित्रा युवा क्लब रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशिको फुटवल प्रतियोगीता भुजी लिग रनिङ शिल्डको सेमिफाईनलमा प्रवेश गरेका छन् । मंगलबार भएको क्वार्टरफाईनल खेलमा दुबै टोलीले टाईब्रेकरमा अन्तिम चारको यात्रा तय गरेका हुन् ।
आयोजक लिखु–भुजी रामेछाप युवा क्लबकै मैदानमा भएको दिनको पहिलो खेलमा हुपिनचुलीले बेथलेहेम कमुन्युटी युथ सर्च काठमाडौंलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्यो । खेलको निर्धारित समयको खेलमा दुबै टोलीबाट कुनै गोल नभएपछि टाईब्रेकर प्रहार गरीएको थियो । यस्तै दिनको दोस्रो खेलमा समेत निर्धारीत समयमा गोल हुन नसकेपछि भएको टाईब्रेकरमा पबित्रा युनाइटेडले आयोजक लिखुभुजी रामेछाप युवा क्लबको ए टोलीलाई ७–६ गोल अन्तरले पराजित ग¥यो ।
यस्तै प्रितीको सरस्वती युथ क्लब तथा उमाकुन्ड गाऊ पालीका दुईको टोली पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् । सरस्वतीले भिमेश्वर युथ क्लब रस्नालुलाई तथा उमाकुन्डले गुप्तेश्वरलाई समान ३–० ले पराजित ग¥यो । प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाईनल चरणका खेल हुने छन् ।

प्रतिक्रिया दिनुहोस्