उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति



२५ असोज, काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव छन् ।यस्तै   मितिमा नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका छन् ।

बलबहादुर केसी, नरहरि आचार्य र प्रदिप गिरीभन्दा पछाडि रहेका बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई समितिमा ल्याइएको छ ।संसदीय समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्