रामेछाप माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि २७ जना उम्मेदवार सिफारिस



२४ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २७ जना सम्भावित उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार आज जिल्ला कार्यालय रामेछापले प्रदेश कमिटी र केन्द्रीय कमिटीमा नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनको लागि गृह राज्यमन्त्री समेत रहेका सांसद श्याम कुमार श्रेष्ठ,पार्टीका विदेश विभाग सचिव युवराज चौलागाई,  र पूर्व सभासद डिल्लीमान तामाङ प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । त्यसैगरी समानुपातिक तर्फ गंगा बुढाथोकी, शिवकुमार कार्की, चित्तलाल श्रेष्ठ र वलबहादुर सार्की सिफारिस भएका छन् ।
प्रदेशसभा रामेछाप क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फ लक्ष्मी गुरुङ, रविन्द्र पौडेल, प्रेमकुमार कार्की र नाम्गेल शेर्पा रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ तारानारायण श्रेष्ठ,श्याम नारायण श्रेष्ठ, मदन कुमार कालिकोटे, सरिता कार्की, तारानारायण श्रेष्ठ र शिशिर खड्गी रहेका छन् ।
प्रदेशसभा रामेछाप क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, सुनिता गौतम, यशु चौलागाई, गणेश घिसिङ, मानबहादुर बम्जन, ज्ञानकुमार योञ्जन रहेको छन् । त्यसैरी २ नम्बर निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ धनदेवी श्रेष्ठ, पार्वती रसाइली, खिरलाल तामाङ, अपिल माझी रहेका छन् ।

यी हुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिफारिस हुनेहरु (सूचीसहित) 

प्रतिनिधिसभा तर्फ
१. श्यामकुमार श्रेष्ठ
२.युवराज चाैलागाई
३. डिल्लीमान तामाङ
समानुपातिक तर्फ
 १.  गंगा बुढाथाेकी
२. शिवकुमार कार्की
३. चित्तलाल श्रेष्ठ
४.बल बहादुर सार्की
प्रदेश सभा रामेछाप १ नं. प्रत्यक्ष तर्फ
१.  तारानारायण श्रेष्ठ
२. लक्ष्मीदेवी गुरूङ
३. प्रेमकुमार कार्की
४. नाम्गेल शेर्पा
५. रविन्द्र पाैडेल
समानुपातिक
१. श्याम नारायण श्रेष्ठ
२. मदन कुमार कालिकाेटे
३. सरिता कार्की
४. तारानारायण श्रेष्ठ
५. शिशिर खड्गी
प्रदेश सभा रामेछाप २ नं. प्रत्यक्ष तर्फ
१. मैनकुमार माेक्तान
२. टंकलाल घिसिङ
३. सुनिता गाैतम
४. यशु चाैलागाई
५. गणेश घिसिङ
६. मान बहादुर बम्जन
७. ज्ञानकुमार याेञ्जन
समानुपातिक तर्फ
१. धनदेवी श्रेष्ठ
२. पार्वति रसाईली
३. खिरलाल तामाङ
४. अपिल माझी

प्रतिक्रिया दिनुहोस्