रामेछाप माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि २७ जना उम्मेदवार सिफारिस
२४ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २७ जना सम्भावित उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार आज जिल्ला कार्यालय रामेछापले प्रदेश कमिटी र केन्द्रीय कमिटीमा नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनको लागि गृह राज्यमन्त्री समेत रहेका सांसद श्याम कुमार श्रेष्ठ,पार्टीका विदेश विभाग सचिव युवराज चौलागाई, र पूर्व सभासद डिल्लीमान तामाङ प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । त्यसैगरी समानुपातिक तर्फ गंगा बुढाथोकी, शिवकुमार कार्की, चित्तलाल श्रेष्ठ र वलबहादुर सार्की सिफारिस भएका छन् ।
प्रदेशसभा रामेछाप क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फ लक्ष्मी गुरुङ, रविन्द्र पौडेल, प्रेमकुमार कार्की र नाम्गेल शेर्पा रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ तारानारायण श्रेष्ठ,श्याम नारायण श्रेष्ठ, मदन कुमार कालिकोटे, सरिता कार्की, तारानारायण श्रेष्ठ र शिशिर खड्गी रहेका छन् ।
प्रदेशसभा रामेछाप क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, सुनिता गौतम, यशु चौलागाई, गणेश घिसिङ, मानबहादुर बम्जन, ज्ञानकुमार योञ्जन रहेको छन् । त्यसैरी २ नम्बर निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ धनदेवी श्रेष्ठ, पार्वती रसाइली, खिरलाल तामाङ, अपिल माझी रहेका छन् ।
यी हुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिफारिस हुनेहरु (सूचीसहित)