डा. गोविन्द केसीको आग्रह संसदलाई बन्धन नबनाई विधेयक पारित होस



२६ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् ।सरकारले डा. केसीको माग सम्बोधन गर्ने गरी संशोधन दर्ता गराएको छ । डा. केसीले बिहीबार पत्रकार सम्मेलन गरी माफियामुखी ऐन ल्याउन चाहनेहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘उनीहरुकै कारण अहिलेको संसदबाट विधेयक पारित नभई निस्कृय भएर जाने र यो क्षेत्र सुधारका लागि हामीले लामो समयदेखि गरेको प्रयास खेर जाने देखिएको छ । उनले भने, ‘त्यसो नभएर संसदलाई कसैको स्वार्थको बन्धक बनाउन दिएमा संसदको गरिमाका साथै सभामुखको पदीय मर्यादा र कार्यकुशलतामाथि समेत प्रश्न उठ्ने अवस्था आउनेछ ।’भोलि व्यवस्थापिका संसदको अन्तिम बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्