रामेछापको ओख्रेनीमा २५ लाखमा बन्यो खानेपानी योजना, स्थानीय खुसी



२६ असोज, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ आख्रेनीमा लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानीको समस्या भोग्दै आएका वासिन्दालाई लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि राहतको महशुस गरेका हुन् ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा नागरिक सरोकार समुह नेपाल मन्थलीद्धारा आख्रेनी स्वास्थ्य चौकी र समुदायका लागि सोलार पम्पिङ लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।

ीवहिवार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले खानेपानी आयोजनाको उदघाट गरेका हुन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रकाश शाह, वडा अधयक्ष धनबहादुर खड्का, युनिसेफका प्रतिनिधि यज्ञ श्रेष्ठ सहभागी कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रकाश कुमार कार्कीले गरेका थिए ।

युनिसेफ र स्थानीयतको श्रमदान गरी करिब २५ लाखमा लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको अध्यक्ष कार्कीले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्