विपद् व्यवस्थापन राहत कोष स्थापना गछौःअध्यक्ष थिङ



२७ असोज, काठमाडौं ।
हिलेदेवी–काठमाडौं जन सम्पर्क मञ्चले रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका जनतालाई विपद्को समयमा सहयोगार्थ दिपावलीको अवसरमा देउसी भैलोको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शुक्रवार काठमाडौंमा बसेको सम्पर्क मञ्चको बैठकले आगामी असोज ३१ गते काटेश्वरस्थित गौरीशकंर पार्टी प्यालेसमा दिपावलीको अवसरमा चियापान आदान प्रदान एवं सांस्कृतिक कार्यक्रमसँगै देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।


हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले हिलेदेवीबाट काठमाडौंमा रहेर विभिन्न पेशा व्यवासयमा आबद्ध सबैलाई एकीकृत गर्ने उदेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने,‘देउसी भैलोबाट उठेको रकम हिलेदेवीका बासिन्दालाई अपठ्यारो पर्दा सहयोग गर्न विपद् व्यवस्थापन राहत कोष स्थापना गछौं ।’

मञ्चले यस अघि हिलेदेवीका बासिन्दाहरुलाई अपठ्यारो पर्दा आर्थिक सहयोग गर्दै आएको छ । अध्यक्ष थिङले भने,‘विपद्को समयमा सहयोग गर्न हामीले कोष निर्माण गर्न लागेका हौ ।’ मञ्चले रामेछापका विभिन्न राजनीतिक दल, संघ संगठन र व्यक्तिहरुलाई निमन्त्रणा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्