‘विपद् व्यवस्थापन राहत कोष स्थापना गर्न देउसी भैलो’



२९असोज, काठमाडौं ।
हिलेदेवी–काठमाडौं जन सम्पर्क मञ्चले विपद्को समयमा सहयोगार्थ दिपावलीको अवसरमा देउसी भैलोको कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चले आगामी असोज ३१ गते काटेश्वरस्थित गौरीशकंर पार्टी प्यालेसमा दिपावलीको अवसरमा चियापान आदान प्रदान एवं सांस्कृतिक कार्यक्रमसँगै देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको हो ।

हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले हिलेदेवीबाट काठमाडौंमा रहेर विभिन्न पेशा व्यवासयमा आबद्ध सबैलाई एकीकृत गर्ने उदेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको बताए । उनले सामुहिक देउसी भैलो कार्यक्रममा सहभागी हुनको लागि रामेछापबाट काठमाडौंमा आएर बस्नु भएका विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरुलाई निमन्त्रणा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्