५५ दलले निर्वाचन अयोगमा बुझाए समानुपातिक तर्फको बन्दसूची



२९ असोज, काठमाडौं ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ ।

निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन् । ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचीको क्रम मिलाउन केही ढिलाइ भएको थियो ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ ।प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले बन्दसूची बुझाउँदा महिला उम्मेदवार ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ भने समानुपातिक र समावेशी सिद्धान्तलाई समेत आत्मसात गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।
न्ेकपा एमालेले भने ड्राफ्ट सूची मात्र निर्वाच्न अयोागमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्