अनुदान लिएर भुकम्प पीडितले छिमेकी जिल्लामा घर बनाउने पाउने



३० असोज, काठमाडौं ।
भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा पनि घर बनाउन पाउने व्यवस्था गरेको हो ।

यसैगरी जोखिमयुक्त बस्तीका लाभग्राहीले पनि आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न रु दुई लाख र घर बनाउन रु तीन लाख अनुदान पाउने संशोधित कार्यविधिमा व्यवस्था गरिएको छ ।उदाहरणका लागि रामेछापका लाभग्राही सूचीमा परेका घरधनीले
काभ्रेमा घर बनाउन पाउनेछन् । तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ । त्यसरी प्रक्रिया पूरा गरेर घर बनाउने लाभग्राहील े निजी आवास अनुदानबापत रु तीन लाख पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्