निर्वाचन आयोगले सार्वजनिक गर्यो रामेछापको निर्वाचन क्षेत्र नक्सा, कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? सूचीसहित)



३० असोज, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले देशभरको निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ । निर्वाचन आयोगको नक्सा अनुसार रामेछाप जिल्लाको दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र र एक वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नक्सा पनि सार्वजनिक भएको छ । आयोगले रामेछाप जिल्लाको ८ वटा स्थानीय तहको वडा नम्बर सहितको नक्सा सार्वजनिक गरेको हो ।


रामेछापमा ९० मतदानस्थल १ सय ९० मतदान केन्द्र

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने भएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा १ सय ९० मतदान केन्द्र हुने भएको छ ।
रामेछापमा १ लाख ५२ हजार मतदाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापबाट १ लाख ५२ हजार ५ सय ६१ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचनमा यस अघि १ लाख ३४ हजार ६ सय २० मतदाता रहेका थिए । निर्वाचन आयोगले पछिल्लो चरणमा संकलन गरेको नयाँ तथ्याङक अनुसार १७ हजार ९ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यले रामेछाप न्युजलाई बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र २ मा बढी मतदाता
रामेछापमा जिल्लामा विगतमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेपनि परिवर्तित नयाँ संरचना अनुसार एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । निर्वाचनको मिति नजिकदै जादा कुन प्रदेशसभा निर्वाचन क्षेत्रमा कति मत भन्ने जोड घटाउ सुरु भएको छ । जिल्लाको कुल १ लाख ५२ हजार मतदाता मध्ये प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ हजार ३ सय ९० मतदाता रहेका छन् । त्यसैग्री प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७३ हजार १ सय ७१ मतदाता रहेका छन् ।

हेर्नुहोस कहाँ कति मतदाता ? सूचीसहित

प्रतिक्रिया दिनुहोस्