कुलमान घिसिङको कमालः अब नेपालमा विद्युतबाटै गाडी गुडने



३० असोज, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो ।

आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया सुरु गर्न लागेको हो ।विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।

पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया सुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछाप न्युजलाइ बताए । प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको घिसिङले जानकारी दिए ।

गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । घिसिङका अनुसार काठमाडौसँगै पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गर्नको लािग प्राधिकरणले गृहकार्य थालेको छ । गरिनेछ ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खण्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहने योजना सहित प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गर्नै कार्य अगाडि बढाउन लागेको हो । हाल काठमाडौंमा विद्युती सवारीको रुपमा टेम्पो मात्रै चल्दै आएको छ । बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा संघको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा बिक्री वितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्