कमल चौलागाई माओवादी केन्द्रमा !



३१ असोज, काठमाडौं ।
पूर्व मन्त्री कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता हुने भएको छ । शाही कालमा एमाले परित्याग गरेर श्रम मन्त्री भएका चौलागाई नेतृत्वको समाजवादी पार्टी माओवादीमा समाहित हुने भएको हो ।


चौलागाई २०४८ सालको निर्वाचनमा संयुक्त जनमोर्चाबाट रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । जनमोर्चा, एमाले माले हुँदै उनी शाही कालमा मन्त्री भएका थिए । रामेछापमा स्थापित नेताको पहिचान बनाएका चौलागाईले आफ्ू मन्त्री हुँदा रामेछापको लुभुदेखि बेथान हँदै गाल्वासम्मको सडक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यस अघि नै माओवादीमा प्रवेश गर्ने तयारी भएपनि विभिन्न कारणले एकीकरण प्रक्रिया स्थगित हुँदै आएको थियो । समाजवादी पार्टीको अध्यक्ष रहेर चौलागाई पछिल्लो समयमा ३३ दलिय बौद्धिक मोर्चामा सक्रिय रहदै आएका थिए ।

माओवादी केन्द्रसँग सिंगो पार्टीको नै एकता गर्न लागिएको अध्यक्ष चौलागाईले रामेछाप न्युजलाई बताए । उनले भने,‘मूलुकमा वामपन्थी एकता माफर्त राजनीतिक स्थायित्व प्रदान गर्न र समाजवादी लक्ष्य पूरा गर्नको लागि पार्टी एककिरण गर्न लागिएको हो ।’  चौगालाई साबिकको रामेछाप गुन्सी गाविस र हाल सुनापति गाउँपालिका–१ गुन्सीका बासिन्दा हुन् । हाल उनी काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्