निर्वाचनमा एकजुट भएर जान्छौःनेता चौलागाई



३१ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईले उम्मेदवार छनोटको विषयमा बहस र विवाद हुनु स्वभाविक भएको बताएका छन् । उनले उम्मेदवारको बारेमा हुने बहसलाई स्वभाविक रुपमा लिन आग्रह गर्दै निर्वाचनमा एकताबद्ध भएर जाने बताएका हुन् ।
हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको देउसी भैलो एवं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौलागाईले पार्टीलाई एकताबद्ध बनाउको लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।

‘राजनीतिक दलहरुको बीचमा कहिले काही हुने बहस र सामाजिक सञ्जालमा लेखिने विषयहरुले नेताहरु मिल्दलैनन कि भन्ने जस्तो लाग्न सक्छ’, उनले भने,‘हामी पार्टीलाई एकताबद्ध बनाउन प्रतिबद्ध छौ । हाम्रो पार्टी विरोधीहरुको सामना गरेर नेपाललाई विकास र प्रगतिको दिशामा अगाडि बढाउने गरी लाग्छौ ।’

रगत र पसिना र आँशु बगाएर स्थापित गरेको पार्टीलाई सबैलाई एकताबद्ध बनाउन आग्रह गर्दै नेता चौलागाईले भने,‘चुनावको उम्मेदवारीको बारेमा पार्टी–पार्टी र व्यक्ति व्यक्तिको बीचमा बहस र विवादलाई स्वभाविक रुपमा लिनुपर्छ, एकताबद्ध भएर र एकजुट भएर नै अगाडि बढछौं । एकजुट भएर माओवादी पार्टीलाई विजयी गराउने छौ । एकजुट भएर जनताको बीचमा जानेछौं ।’ निर्वाचन मुखमा आइरहेको बताउदै निर्वाचन मार्फत नयाँ संविधान कार्यान्वयन गरेर नेपाली जनताको राजनीतिक अधिकार संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा देश अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्