रामेछापका कम्युनिष्ट आन्दोलनका नेता अधिकारीको निधन



१ कार्तिक, काठमाडौं ।
नेकपा एमाले जेष्ठ कम्युष्टि मञ्चका पूर्व केन्द्रीय सदस्य एव रामेछापका कम्युनिष्ट आन्दोलनका अग्रज रिपुमर्दन अधिकारीको निधन भएको छ ।


रामेछाप–काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष समेत रहेको ८१ बर्षिय अधिकारीको गंगालाल हृदय केन्द्रमा मंगलवार राती निधन भएको हो । हृदयघातको कारण उहाँको निधन भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज देवशकंर पौडेलले बताए । रामेछापको साबिकको गेलु गाविस हाल मन्थली नगरपालिकामा जन्मिएका अधिकारीले रामेछापको कम्युनिष्ट आन्दोलनमा शसक्त भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्