रामेछापको प्रतिनिधिसभाको टिकट माओवादीको पोल्टामा,प्रदेशसभा दुवै एमालेले पायो



३ कार्तिक, काठमाडौं ।
चुनावी तालमेल गरेको नेकपा एमाले र नेकपा माओवादीबीच भएको चुनावी क्षेत्र बाँडफाँड अन्तर्गत रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले र एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले लिने सहमति भएको छ । सुरुदेखि नै माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको २ नम्बर निर्वाचन क्षेत्र पाउनु पर्ने दावी गर्दै आएको थियो । तर चुनावी तालमेलसँगै सिट बाँडफाडमा भएको सहमति अनुसार प्रदेशसभा र प्रतिनिधिसभामा एमाले र माओवादीबीच सहमति भएको हो ।
नेकपा एमालेले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा रामेछापका पार्टी अध्यक्ष समेत रहेका शान्ति पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका एक नेताले बताए । पार्टीले पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरिसके पनि औपचारिकता दिन मात्र बाँकी रहेको उनले बताए । एमालेले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा रत्न गौतम र होम बुढाथोकी मध्ये एक जनाले पाउने सम्भावना रहेको छ । एमालेले टिकटको टु्रगो लगाउन अहिले पनि शीर्ष तहमा छलफल गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्