रामेछापमा एमालेबाट ढुङगेल र पौडेलले पाए प्रदेशसभाको टिकट



३ कार्तिक, रामेछाप ।
बाम गठबन्धको तर्फबाट रामेछापको दुई वटा प्रदेशसभाको उम्मेदवारको टुंगो लगाएको छ । एमाले र माओवादीबीच निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति जुटेसँगै एमाले स्थायी कमिटीको बैठकले रामेछापको दुई वटै प्रदेशसभा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो ।


एमालेले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ तर्फ जिल्ला अध्यक्ष समेत रहेको शान्ति पौडेल र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ तर्फ कैलाश ढुङगेललाई टिकट दिने निर्णय गरेको उम्ेमदवारको प्रत्यासी ज्ञानकुमार श्रेष्ठले बताए ।
पौडेल प्रदेशसभा १ नम्बर निर्वाचनको लागि प्रत्यक्ष तर्फ सिफारिस भएका थिए भने ढुङगेले प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा सिफारिस भएका थिए ।

ढुङगेल २०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा दुवै पटक पराजित भएका थिए । कार्यकर्ताहरुले नयाँ अनुहारको माग गरेपनि पार्टी नेतृत्वले पुनः ढुङगेललाई नै टिकट दिने निर्णयप्रति पार्टीभित्र असन्तुष्टि जन्मिएको बताइएको छ । प्रतिनिधिसभा तर्फ माओवादीले पाएपछि ढुङगेले प्रदेशसभामा ओर्लिएका हुन् । पौडेलले पहिलो पटक प्रदेशसभा निर्वाचन क्षेत्रको लागि टिकट पाएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्