कैलाश ढुङगेलले टिकट पाएपछि रामेछाप एमालेमा असन्तुष्टि



४ कातिक, रामेछाप ।
रामेछापको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फकाट कैलाश ढुङगेलेलाई पार्टीले उम्मेदवार बनाउने निर्णयप्रति रामेछाप एमालेमा चर्को असन्तुष्टि देखिएको छ । असन्तुष्टि पक्षले आज राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्नेसम्मको तयारी गरेको एक नेताले रामेछाप न्युजले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष शान्ति पौडेलले पाउने सुरुदेखि नै निश्चित थियो । तर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा रत्न गौतम, होम बुढाथोकी र ज्ञानकुमार श्रेष्ठको चर्चा थियो । सोही अनुसार जिल्ला कमिटीको बैठकेले उम्मेदवारको सिफारिस गरेको थियो ।

कैलाश ढुङगेललाई पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र तर्फ सिफारिस गरेको थियो । कुनै चर्चा विना नै ढुङगेलाई टिकट लिएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्