कान्छाराम तामाङको घोषणा–जितेपछि राज्यको सुविधा लिन्न



४ कातिक, काठमाडौं ।
आगामी मंसिर १० गते प्रतिनिधिसभाको लागि रामेछाप कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले निर्वाचनमा विजयी भए राज्यबाट पाउने कुनै पनि सुविधा रामेछापकै जनताको विकास निर्माणमा खर्च गर्ने घोषणा गरेका छन् । रामेछाप न्युजसँग कुरा गर्दै उम्मेदवार तामाङले सिंगो रामेछापको विकास निर्माण गर्ने र समृद्धि बनाउने नै आफ्नो मुल उदेश्य भएको बताए ।


उम्मेदवार तामाङले आफूले विगतदेखि नै रामेछापको सामाजिक विकासमा योगदान गरेको बताउदै रामेछापलाई समृद्ध बनाउने योजना रहेको बताए । ‘म निर्वाचनमा विजयी भए रामेछापका जनतालाई कही कतै पनि भेदभाव नगरी रामेछापको समृद्धिको लागि लाग्छु’, तामाङले भने,‘जिल्लालाई बनाउने काम पहिलो हो मेरो सबै ध्यान यसैमा केन्द्रीत हुन्छ ।’
निर्वाचित भएको अवस्थामा राज्यबाट पाउने सेवा सुविधाप्रति आफूलाई कुनै लोभ लालच नभएको बताउदै तामाङले भने, ‘राज्यको सेवा सुविधा मलाई आवश्यकता छैन, रामेछापको जनताको उन्नती र विकास कसरी हुन्छ मैले अहिले यति मात्र सोचेको छु ।’ दलगत भन्दा पनि सामाजिक मुद्दा नै मेरो प्राथमिकता हुनेछ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्