मन्त्री श्यामकुमार श्रेष्ठले पाए माओवादीबाट रामेछापमा प्रतिनिधिसभाको टिकट



४ कार्तिक, काठमाडौं ।
रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट विना विभागीय राज्य मन्त्री एवं पार्टीको पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले टिकट पाएका छन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा श्रेष्ठ उम्मेदवार बनेका हुन् । श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । रामेछापबाट प्रतिनिधिसभाको निर्वाचनको लागि पार्टीले निवर्तमान सांसद समेत रहेका मन्त्री श्रेष्ठ, पोलिटब्यूरो सदस्य समेत रहेको विदेश विभाग सचिव युवराज चौलागाई र पूर्व सांसद डिल्लीमान तामाङलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्