रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ बाट कार्की बने उम्मेदवार



४ कार्तिक, काठमाडौं ।
नेपाली कांग्रेसले रामेछापको प्रदेशभा क्षेत्र नम्बर १ मा रत्न कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेविसंघको पूर्व उपाध्यक्ष समेत रहेका युवा नेता कार्कीलाई प्रदेश नम्बर १ को प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी मंसिर १० गते हुने प्रदेशसभाको निर्वाचनको लागि कांग्रेसले कार्कीलार्य उम्मेदवार बनाएको हो । रामेछापको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टी सभापति लवश्री न्यौपाने, युवराज भट्टराईको नाम चर्चामा रहेको थियो । तर अन्तत कार्कीले नै टिकट लिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्