यी हुन रामेछापबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार



४ कार्तिक, काठमाडौं ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि रामेछापको एउटा प्रदेशसभा र दुइ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाएका छन् । रामेछापमा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठ र नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार बनेका छन् ।


त्यसैगरी प्रदेशसभा निर्वाचनको लागि वाम गठबन्धनको तर्फबाट रामेछाप क्षेत्र नम्बर १ मा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेल उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाली कांग्रेसले रत्न कार्कीलाई प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ ।
रामेछापमा वाम गठबन्धन र नेपाली कांंग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभा निर्वाचनको लागि रामेछाप क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट कैलाश ढुङगेल उम्मेदवार बनेका छन् भने कांग्रेसले जित बहादुर थापामगरलाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्