रामेछापको प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठले गराए उम्मेदवारी मनोनयन दर्ता



५ कार्तिक, रामेछाप ।
वामगठबन्धको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विना विभागीय मन्त्री श्याम कुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले वाम गठबन्धनको फर्तबाट आज सदरमुकाम मन्थलीमा उम्मेदवारी दर्ता गराएका हुन् ।


२०७० को संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित श्रेष्ठले यस पटक पनि पार्टीको तर्फबाट टिकट पाएका छन् । आज मन्थलीमा भव्य र्यालीको बीच श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।


त्यसैगरी गठबन्धनको तर्फबाट रामेछाप देशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ति प्रसाद पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ बाट कैलाश ढुङगेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्