यी हुन रामेछापबाट वाम गठबन्धनका तीन उम्मेदवार



५ कातिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट तीन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमाले र माओवादी केन्द्रबीच भएको निर्वाचन क्षेत्र बाँडफाँड अनुसार रामेछापको एउटा प्रतिनिधिसभा माओवादी केन्द्रले पाएको छ भने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले पाएको छ ।

तस्बीरः विजय श्रेष्ठ

माओवादी केन्द्रको तर्फबाट विना विभागीय राज्य मन्त्री समेत रहेका माआवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले प्रतिनिधिसभा तर्फ उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
वाम गठबन्धनको तर्फबाट रामेछापको प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा एमालेको जिल्ला अध्यक्ष समेत रहेका शान्ति प्रसाद पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पौडेललाई पार्टीले उम्मेदवार सिफारिस गर्ने क्रममा करिब सर्वसम्मत भएका थिए । पार्टीको सिफारिस अनुसार नै पौडेलले टिकट पाएका हुन् ।

रामेछापको प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा कैलाश ढुङगेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । ढुङगेल २०६४ र ०७० सालमा भएको संविधानसभा निर्वाचनमा दुवै पटक पराजित भएका थिए । पार्टीले ढुङगेलाई प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेर पठाएको थियो । तर पार्टीले प्रदेशसभाको टिकट दिएको भन्दै रामेछाप एमालेभित्र तीब्र असन्तुष्टि देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्