रामेछापमा वाम गठबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारी



५ कार्तिक, रामेछाप ।
रामेछापमा वाम गठबन्धको विरुद्ध माओवादी केन्द्रका नेताहरुले असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पार्टीले छनोट गरेको उम्मेदवारप्रति आपत्ति जनाउदै माओवादी केन्द्रको तर्फबाट प्रनिधिसभा र प्रदेशसभामा नै स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको बताइएको छ ।
रामेछापमा एमाले र माओवादी केन्द्रबीच निर्वाचन क्षेत्र बाँडफाडमा दुई वटै प्रदेशसभा एमालेले लिएको थियो भने प्रतिनिधिसभा मात्र माओवादीले पाएको छ ।
उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेको जिल्ला संयोजक मैन कुमार मोक्तानले रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ स्वतन्त्र उम्मेदवारी तयारी गरेका छन् । एक नेताका अनुसार रामेछाप प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रबाट हेमन्त कुमार पौडेलले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभाको उम्मेदवार छनोटमा पनि असहति जनाउदै नेकपा माओवादी केन्द्रकी पूर्व सभासद समेत रहेकी लक्ष्मी गुरुङले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छिन् । गुरुङले रामेछाप न्युजसँग भनिन–मैले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छु ।’
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा कैलाश ढुङगेलले टिकट पाएपछि पार्टीभित्र तीब्र असन्तुष्टि बढेको छ । असन्तुष्टि एमालेका नेताहरुले पनि माओवादी केन्द्रबाट उठने स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्