वामपन्थी गठबन्धनको विरुद्ध रामेछापमा माओवादी केन्द्रका तीन नेताले दिए बागी उम्मेदवारी



५ कातिक, रामेछाप ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै रामेछापमा वामपन्थी गठबन्धको विरुद्ध नेकपा माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । पार्टीले निर्वाचन क्षेत्र बाँडफाँडमा दुवै प्रदेशसभा एमालेलाई छोडेको लगायतका असन्तुष्टि राख्दै तीन नेताले बागी उम्मेदवारी दिएका हुन् ।
टिकट वितरणमा असन्तुष्टि जनाउदै पूर्वसभासद लक्ष्मी गुरुङ, माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक मैनकुमार मोक्तान मदन र हेमन्त पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गराएकी छन् ।त्यसैगरी प्रदेशसभातर्फ (क) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार छन् ।

त्यस्तै प्रदेश (ख) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।
पार्टीभित्र उम्मेदवारी छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउदै आफूहरुले बागी उम्मेदवारी दर्ता गराएको र कुनै पनि हालतमा फिर्ता नहुने बागी उम्मेदवारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्