रामेछापमा यस्तो देखियो कांग्रेसको उम्मेदवारी मनोनयन दर्ता (फोटो फिचर)



५ कार्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट पूर्णबहादुर तामाङ (कान्छाराम)ले उम्मेदवारी मनोनय दर्ता गराएका छन् । त्यसैगरी रामेछापको १ नम्बर प्रदेशसभा निर्वाचन क्षेत्र तर्फ रत्न कार्की र प्रदेशसभा २ निर्वाचन क्षेत्रमा जितबहादुर थापा मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।


उम्मेदवारी दर्तापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार कान्छाराम तामाङले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताए । उनले लामो समयदेखि रामेछापको सामाजिक कार्यमा काम गर्दै आएको बताउदै आफूलाई रामेछापवासी जनतालेहरुले जिताउने दावी गरे ।
त्यसैगरी रामेछापको प्रदेशसभा १ नम्बर निर्वाचनका उम्मेदवार रत्न कार्कीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए ।
प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार जितबहादुर थापामगरले रामेछापमा आफ्नो पार्टीको जित हुने दावी गरे ।
यस्तो देखियो कांग्रेसको उम्मेदवारी मनोनयन दर्ता (फोटा फिचर)

प्रतिक्रिया दिनुहोस्