प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ उम्मेदवारले गरे मनोनय दर्ता (सूचीसहित)



५ कार्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा निर्वाचनको लागि ३६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।


रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र सहित गरेर १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने निर्वाचनको लागि दस उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी मनोनय दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए । उनका अनुसार रामेछापमा उम्मेदवार मनोनयन दर्ता गराएका मध्ये २ जना मात्र महिला रहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका यी हुन उम्मेदवार (सूचीसहित)

प्रतिनिधिसभा रामेछाप (रामेछापन्युज)
१. श्याम कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र
२. पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाली कांग्रेस
३. लक्ष्मी गुरुङ, स्वतन्त्र
४. विजय कुमार गोले, लिवरल डोमोक्रेटिक पार्टी
५.शम्भु नेपाली, नेपाल दलित पार्टी
६.रिता माया कार्की, राजपा नेपाल
७.लाल बहादुर घिसिङ, राप्रपा प्रजातान्त्रिक
८.मोहन कार्की, नेकपा माले
९. गणेशबहादुर खड्गी, देशभक्त गणतान्त्रिक मोर्चा
१०.कोमल बहादुर मगर, नयाँ शक्ति नेपाल
११. अमृत बहादुर सुनुवार, संघीय समाजवादी फोरम नेपाल
१२.शान्त कुमार मगर, मंगोल नेशनल अर्गनाइजेशसन
१३.दिलकुमार थापामगर, राष्टिय समाजवादी नेपाल
१४. शम्शेर बहादुर बस्नेत, एकीकृत राप्रपा राष्टवादी

प्रदेशसभा क्षेत्र नम्बर १ (रामेछापन्युज)

१. रत्न बहादुर कार्की, नेपाली कांग्रेस
२.शान्ति प्रसाद पौडेल, नेकपा एमाले
३.हेमन्त पौडेल, स्वतन्त्र
४.राजकुमार तामाङ, तामाङ सालिङ लोकतान्त्रिक
५.दिपबहादुर तामाङ,राप्रपा प्रजातान्त्रिक
६.प्रताप तामाङ, जन समाजवादी पार्टी नपाल
७.प्रमे बहादुर तामाङ, संघीय समाजादी फोरम नेपाल
८.लांघाली मंगर, देशभक्त जनणतान्त्रिक मञ्च
९.मनबहादुर सुनुवार, नयाँ शक्ति नेपाल
१०. कमल दर्लामी मगर, मंगोल नेपाल अर्गनाइजेशसन

प्रदेशसभा क्षेत्र नम्बर २ (रामेछापन्युज)

१. जितबहादुर थापामगर, नेपाली कांग्रेस
२.कैलाश ढुङगेल, नेकपा एमाले
३.मैनकुमार मोक्तान, स्वतन्त्र
४.हरिकृष्ण श्रेष्ठ, नेमकिपा पार्टी
५.राजु योञ्जन, जनसमाजवादी पार्टी
६.रामकुमार थापा, राप्रपा प्रजातान्त्रिक
७.पदम बहादुर थापामगर, जनमोर्चा नेपाल
८.जितबहादुर दाहाल, स्वतन्त्र
९. रामकुमार मोक्तान, संघीय समाजवादी पार्टी
१०. धनमान थोकर, नयाँ शक्ति नेपाल
११. पेम्बा दोर्जे तामाङ
१२. भक्तबहादुर थापामगर, मंगोल नेशनल अर्गनाई

 

प्रतिक्रिया दिनुहोस्