कारवाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्नः लक्ष्मी गुरुङ



६ कार्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्रकी पूर्व सभासद समेत रहेकी लक्ष्मी गुरुङले आफूले दिएको स्वतन्त्र उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नलिने बताएकी छिन् । उनले पार्टी नेतृत्वको प्रक्रिया र मद्दतीको विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएकी हुन् ।


माओवादीका कार्यकर्ताहरुको संरक्षण, जनयुद्धमा घाइते अपाङ, वेपत्ता पारिएका परिवारहरुको पक्षमा उम्मेदवारी दिएको बताउदै स्वतन्त्र उम्मेदवार गुरुङले भनिन, म कारवाही भोग्न तयार छु, क्रान्तिकारी जनसमुदायको तर्फबाट दर्ता गरेको उम्मेदवारी फिर्ता लिन्न । रामेछापको सिंगो पार्टी पार्टीको कार्यकर्ता र जनताको भावना र चाहना अनुसार नै उम्मेदवारी दिएको बताउदै अरु कोहीले आँट नगरेपछि आफूले जनताको समर्थनमा उम्मेदवारी दिएको बताए ।

पार्टीमा देखिएको अराजकता रोक्न पार्टीमा विधि र प्रक्रिया बसालनु पर्छ, नेतृत्वले कार्यकर्ताको भावनाको सम्मान गर्न सक्नु पर्छ,रामेछापमा माओवादीको अस्तित्व जोगाउन मैले उम्मेदवारी दिएको हो, गुरुङले रामेछाप न्युजसँग भनिन ।
वामपन्थी गठबन्धन अहिलेको अपरिहार्य आवश्यकता भएपनि र्पाी नेतृत्वले उममेदवारी छनोट गर्दा पक्षपात गरेको पनि उनले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्