रामेछापमा बागी उम्मेदवार दर्ताको बारेमा केन्द्रलाई जानकारी गराइएको छः इन्चार्ज लामा



६ कार्तिक, काठमाडौं ।
नेकपा माओवादीका पोलिटब्यूरा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले बामपन्थी गठबन्धनको विरुद्ध पार्टीका नेताहरुले उम्मेदवारी दिएको बारेमा पार्टी केन्द्रलाई जानकारी गराइएको बताए । उनले बागी उम्मेदवारी दिएका उम्मेदवारहरुसँग पार्टीले परामर्श गरेर कार्तिक ८ गतेसम्म उम्मेदवारी दर्ता फिर्ता लिने दावी गरे ।


रामेछाप न्युजसँग इन्चार्ज लामाले भने,‘पार्टीभित्र उम्मेदवारी छनोटको विषयमा पटक–पटक बसेर छलफल भएको हो तर अन्तिम अवस्थामा वामपन्थी गठबन्धको विरुद्धमा बागी उम्मेदवारी दर्ता हुनु राम्रो कुरा होइन ।’ इन्चार्जको हैसियमा आफूले पटक पटक उम्मेदवारका आकांक्षीहरुसँग परामर्श गरेपनि सहमति जुटन नसकेपछि अन्तिम निर्णय पार्टी नेतृत्वले टुंगो लगाएको बताए ।
पामपन्थी गठबन्धनको विरुद्धमा नेकपा माअ‍ोवादी केन्द्रका पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा बागी उम्मेदवारी दर्ता गराएकी छिन् । त्यसैगरी रामेछापको दुई वटा प्रदेशसभामा पनि माओवादी र एमालेको साझा उम्मेदवारको विरुद्ध बागी उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्