होम बुढाथोकीले व्याङय गर्दै भने–‘बाँकी जीवन कैलाश ढङगेलका लागि समर्पित’



६ कार्तिक, रामेछाप ।
वामपन्थी गठबन्धनको तर्फबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका कैलाश ढुङगलेप्रति रामेछापको एमालेभित्र विवाद उत्सकर्षमा पुगेको छ । पटक–पटक एउटै व्यक्तिले मात्र अवसर दिनुपर्र्ने, राजनीति गर्नु नपर्ने जागिर खाएर पनि अवसर लुटन नछोडने भन्दै एमालेभित्र असन्तुष्टि बढ्दै गएको छ ।

रामेछाप एमालेले ढुङगेलेको नाम प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो । प्रदेशसभाको लागि रत्न गौतम, होम बुढाथोकी र ज्ञानकुमार श्रेष्ठको नाम सिफारिस गरेर अन्तिम अवस्थासम्म चर्चामा रहेका थिए । तर टिकट वितरण गर्ने अन्तिम दिन पार्टी अध्यक्ष केपी ओलीले ढुङगेललाई नै टिकट दिएपछि रामेछापमा तिब्र असन्तुष्टि छाएको छ । यतिसम्म कि हिजो उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा समेत पार्टी कार्यालयमा नै ढुङगेल माथि कार्यकर्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।
प्रदेशसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका आकांक्षी होम बुढाथोकीले ढुङगेललाई व्यङग्य गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन– म र म जस्तै रामेछापका एमाले कार्यकर्ताको बाँकी जीवन पनि कैलाश ढुंगेल दाजुका लागि समर्पितफेरि सूर्य फेरि पनि कैलाश दाजु, बिजयको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्