रामेछापमा वाम गठबन्धनले सार्वजनिक गर्यो चुनावी कार्यक्रम, कहाँ कहिले ? (कार्यक्रमको सूचीसहित)



७ कातिक, रामेछाप ।
रामेछापमा वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले चुनावी कार्यतालिका सार्वजनिक गरेको हो । रामेछापको ८ वटा स्थानीय तहमा रहेका ६४ वडामा हुने चुनावी सभा तथा घरदैलो कार्यक्रम सार्वजनिक गर्दै वामपन्थी गठबन्धन चुनावी रणनीति बनाउने व्यस्त भएको छ ।

वामपन्थी गठबन्धले निर्वाचन परिचालन समितिको संयोजक पनि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयोजकमा एमालेका रामेछापका इन्चार्ज देवशकंर पौडेल, प्रदेशसभा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिका संयोजकमा माओवादीका नेता प्रेम कुमार कार्की र २ नम्बर प्रदेशसभाको लागि माओवादीका नेता टंकलाल घिसिङ टलकलाई संयोजकको जिम्मेवारी तोकिएको एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताए । वामपन्थी गठबन्धनले कोण सभा, जनसभा लगायतका चुुनावी कार्यक्रम सार्वजनिक गरेका छन् ।

वामपन्थी गठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका नेता कैलाश ढुङगेल साझा उम्मेदवार रहेका छन् ।

यस्तो छ वामगठबन्धनको चुनावी कार्यक्रम (सूचीसहित)

 

प्रतिक्रिया दिनुहोस्