रामेछापमा माओवादीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए



८ कातिक, काठमाडौं ।
रामेछापमा बामपन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादीका तीन नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् । वामपन्थी गठबन्धनलाई चुनौती दिने गरी बागी उम्मेदवारी दिएपछि अन्ततः पार्टीसँगको वार्तापछि बागी उम्मेदवारहरुले उम्मेदवरी फिर्ता लिएका हुन् । आज माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसलेको प्रदेश कार्यालयका संयोजक र इन्चार्ज सहितको बैठकमा बागी उम्मेदवरले उम्मेदवारी फिर्ता लिने सहमति जनाएका थिए ।

रामेछापबाट वामपन्थी गठबन्धनको विरुद्ध नेकपा माओवादी केन्द्रकी पूर्व सभासद लक्ष्मी गुरुङ, पोलिटब्यूरो सदस्य मैन कुमार मोक्तान, र हेमन्त पौडेलले प्रतिनिधि सभा र प्रदेश सभामा बागी उम्मेदवारी दिएका थिए । आजसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीले हेलिकोप्टर चार्डर गरेर बागी उम्मेदवारहरु मन्थली गएका छन् ।

प्रतिक्रिया दिनुहोस्