को हुन रामेछापका प्रतिनिधिसभा उम्मेदवार श्याम कुमार श्रेष्ठ ?



रामेछाप जिल्ला नेकपा माओवादी केन्द्रले जनयुद्धको उदगमस्थल र आधार इकालाको रुपमा चित्रित गर्दै आएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी गठबन्धनले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई साझा उम्मेदवार बनाएको छ ।


श्याम कुमार श्रेष्ठको जन्म बिसं २०२८ साल पुष १ गते गेलु–९ र हाल मन्थली नगरपालिका रामेछापमा भएको हो । बुबा तीर्थदास श्रेष्ठ र आमाको नाम खष्टमाया एक मात्र सन्तानको रुपमा एक मात्र छोराको रुपमा श्रेष्ठको जन्म भएको थियो । श्रेष्ठले मानविकी संकाय अन्तर्गत अर्थशास्त्र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।
२०७० सालको संविधान सभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि श्रेष्ठले जिल्लाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । चार बर्षको अवधिमा श्रेष्ठको नेतृत्वमा ‘उज्यालो रामेछाप’ अभियानको योजना अगाडि बढेको छ । सडक निर्माण, पुल निर्माण लगायतका विकास निर्माणको कामले गति लिएको छ ।

विकास निर्माणको कार्यमा उम्मेदवार श्रेष्ठले अहोरात्र काम गर्दै आउनुभएको छ । संविधान सभाबाट नयाँ संविधान जारी गर्न भूमिका खेल्नुभएका श्रेष्ठ पुनः रामेछापको प्रतिनिधि सभा निर्वाचनमा बामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवार हुन सफल हुनुभएको छ । रामेछापका जनताको मन जित्न सफल हुनुभएका श्रेष्ठले आगामी निर्वाचनमा पनि रामेछापवासी जनताले अत्याधिक रुपमा मतदान गरेर जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तो छ उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनीतिक यात्राः
१. वि.सं. २०४३ सालदेखि तत्कालिन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश ।
२. २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिएको ।
३. २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य ।
४. २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत ।
५. २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरी ।
६. २०५८ सालमा नेकपा माओवादी रामेछापको जिल्ला कार्यसमिति सदस्य ।
७. २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज ।
८. २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईलाका सेक्रेटरी ।
९. २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारी ।
१०. २०६६ बाट नै पुनः रामेछापको सेक्रेटरी ।
११. २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख ।
१२. २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष निर्वा्चित सांसद ।
१३. व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य ।
१४. २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य ।
१५. २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य ।
१६. स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक ।
१७. शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन बनाएपछि सरकारमा विना विभागीय राज्य मन्त्रीको भूमिका ।
सांसद मन्त्री हुँदै रामेछापको प्रतिनिधिसभाका उम्मेदवार
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी भएका श्रेष्ठले पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बालबाल बाँच्न सफल हुनुभएको थियो । पार्टीको बैठक राख्न जाने क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएको उम्मेदवार श्रेष्ठ बताउनुहुन्छ । ‘गोलीको कारण सल्लाको रुखको फक्लेटा निस्किएको थियो, तर पनि भागेर ज्यान बचाउन सफल भयौं, उहाँले स्मरण गर्नुभयो । कुहिरो नलागेको भए बाच्ने कुनै आश नै थिएन, प्रकृतिले पनि कहिलेकाही साथ दिदो रहेछजस्तो लाग्यो, श्रेष्ठ सम्झिनुहुन्छ । २०६० सालमा सैलुङ्गमा पार्टीको काम सकेर कोसीपारी जाने क्रममा रामेछापको भोटनागी डाँडामा सेनाले बाटोमा एम्बुस विच्छाएको घटनामा पनि बालबाल बाचेको बताउनुहुन्छ । ‘आँखा अगाडि नै एम्बुस फिस्फोट भएपछि के गर्ने कता जाने एक क्षण त केही पनि सोच्न सकिएन, नजिकै सेनाले निशाना बनाएको देखेपछि बाचिन्छजस्तो लागेको थिएन’, उम्मेदवार श्रेष्ठले भन्नुभयो,‘तर संयोगले बाँचियो ।’
जनयुद्धमा सहभागी हुँदै दोस्रो संविधान सभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित हनुभएका श्रेष्ठले संविधान जारी भएपछिको रुपान्तरित सांसदको भूमिका निर्वाह गर्दे देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल विना विभागीय राज्य मन्त्रीको भूमिका निर्वाह गर्दै बामपन्थी गठबन्धबाट रामेछापको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्