यस्तो देखियो रामेछापमा बामगठबन्धनको चुनावी अभियान (फोटोफिचर)



१२ कार्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा चुनावी अभियान अगाडि बढेको छ । विगतमा तीन दलको बीचमा प्रतिस्पर्धा हुने गरेपछि यस पटकको निर्वाचनमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार बाम गठबन्धन कांग्रेस भन्दा २९ हजार मतले अगाडि छ ।
बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा माओवादीका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, प्रदेशसभा १ मा बाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र प्रदेशसभा २ मा एमालेका नेता कैलाश ढुङगेल बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन् ।
बाम गठबन्धनले शनिवार सदरमुकाम मन्थलीमा दुवै पार्टीका अगुवा कार्यकर्ताहरुको भेला राखेर आजबाट संयुक्त चुनावी अभियान अगाडि बढाएका छन् । बाम गठबन्धनले चुनावी अभियान अन्तर्गत मन्थली नगरपालिको चिसापानी पुरानागाउँ लगायतको स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

बाम गठबन्धनको चुनावी अभियान (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्