रामेछापबाट समानुपातिकमा आनन्द श्रेष्ठ !



१३ कार्तिक, रामेछाप ।
रामेछाप जिल्लाबाट समानुपातिक तर्फको बन्द सूचीमा नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ सिफारिस भएका छन् । निर्वाचन आयोगमा एमालेले बुझाएको बन्द सूचीमा सचिव श्रेष्ठ समानुपातिक तर्फ सिफारिस भएका हुन् । रामेछापको प्रदेश सभा अन्तर्गत समानुपातिक सुचीमा श्रेष्ठ सिफारिस भएका छन् ।

सचिव श्रेष्ठ स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको मेयरमा सिफारिस भए पनि अन्तिम समयमा आएर नाम हटाइएको थियो । एमालेको जिल्ला कमिटीले रामेछाप प्रदेशसभा ख बाट श्रेष्ठलाई समानुपातिक तर्फ सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्