नेपाली कांग्रेसको घोषणापत्रमा के छ ? (घोषणापत्रसहित)



१३ कार्तिक, काठमाडौं ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेसले घोषणापत्र तयार गरेको छ । कांग्रेसले तयार गरेको घोषणापत्रमा बाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत गरिएको छ । कांग्रेसले तयार गरेको घोषणापत्रमा कम्युनिष्टहरु लोकतन्त्रको पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिने आरोप लगाएको छ ।

कम्युनिष्टहरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्’ उसले भनेको छ, ‘कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् ।’एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरिएको छ
नेपाली कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्बृद्धिको वाधक भनेको भएको आरोप लगाएको छ । ओवादीलाई पनि एमालेलाई जस्तै कडा आलोचना गरेको छ । उसले माओवादीमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको बताएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बनेको बताउँदैै कांग्रेसले भनेको छ, ‘माओवादीको ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र सम्वादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रिया कमजोर बनेको छ ।’

हेर्नुहोस घोषणापत्रको पूर्ण पाठसहित

प्रतिक्रिया दिनुहोस्