रामेछापलाई समृद्ध बनाउने सपना छः कार्की



१३ कार्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले रामेछापलाई समृद्ध बनाउने सपना रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा रामेछापवासी जनताहरुले माया गरेर विजयी गराए जिल्लाको सामाजिक काममा नै लाग्ने बताएका हुन् ।


सोमवार रामेछापको रामेछाप न गरपालिका–६ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कार्कीले कम्युनिष्टहरुले झुटको खेती गरेको आरोप लगाए । उनले कम्युनिष्टहरुले मतदातालाई झुक्याउने गरी काम गरेको बताउदै सजक हुन पनि आग्रह गरे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई उम्मेदवार कार्कीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्