पैसाको भरमा चुनाव जित्ने सपना नदेखे हुन्छः उम्मेदवार श्रेष्ठ



१४ कार्तिक, रामेछाप ।
बामगठन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले पैसाको भरमा चुनाव जित्ने सपना नदेख्न विपक्षी दललाई चेतावनी दिएका छन् ।

उनले नेपालमा पैसाको भरमा चुनाव जित्ने सोच राखिएको छ भने गलत हुने बताएका हुन् । ‘पैसाले चुनाव जित्ने भए पूर्व राजा ज्ञानेन्द्रले सधै चुनाव जित्थे’, उम्मेदवार श्रेष्ठले भने,‘पैसाकै भरमा कसैले चुनाव जित्ने सपना रामेछापमा देखेको छ भने त्यो पूरा हुन सक्दैन ।’


देशमा दिगो र स्थायी सरकार गठन गरेर समृद्धिको गतिमा देशलाई अगाडि बढाउन बाम गठबन्धन बनेको स्पष्ट पार्दै श्रेष्ठले जति षडयन्त्रको गरेपनि बाम गठबन्धनलाई कुनै असर नगर्ने बताए ।
रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्न आफू प्रतिबद्ध रहेको बताउदै यदी कसैले निर्वाचन आचारसंहिता विपरीतको क्रियाकलाप गर्छ भने सह्य नहुने बताए ।


कार्यक्रममा बामगठबन्धनको तर्फबाट रामेछाप प्रदेशसभा १ मा एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछापलाई समृद्ध बनाउनको लागि भूमिका खेल्ने बताए । उनले भने,‘रामेछापको विकासको आधार जलविद्युत, कृषि पर्यटन नै हुन’,उनले भने,‘रामेछापसँग भएको प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन गरेर समृद्ध रामेछाप निर्माण गछौं ।’

कार्यक्रममा बामगठबन्ध रामेछाप संयुक्त चुनावी परिचालन कमिटीका संयोजक एवं एमालेका जिल्ला इच्चार्ज देवशकंर पौडेल, पूर्व सभासदद्धय डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ,निवर्तमान सांसद कमला सुवेदी, माओवादी केन्द्रका नेता प्रेम कुमार कार्की लगायतको सहभागीता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्