रामेछापबाट कांग्रेसको समानुपातिकमा शुन्य !



१६ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेसले रामेछापबाट समानुपातिको सुचीलाई एक जना पनि उम्मेदवार नबनाएपछि रामेछाप कांग्रेसमा निराशा छाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्ला कार्यसमिति रामेछापले एक दर्जन भन्दा बढी उम्मेदवारको नाम समानुपातिको लागि सिफारिस गरेपनि पार्टी केन्द्र्रले एक जनालाई पनि समानुपातिको बन्द सूचीमा समावेश नगरेको हो । कांग्रेसले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा रामेछापबाट कोही पनि परेका छैनन् ।
रामेछापबाट सुरुमा निर्वाचन आयोगमा बुझाएको सुचीमा सुशील खडका (मिश्र) र लिला सनुवारको नाम समावेश गरेपनि अन्तिम समयमा आएर हटाइएको थियो । नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले पार्टी नेतृत्वले रामेछापलाई वेवास्था गरेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘२००७ सालदेखिको आन्दोलनमा रामेछापले भूमिका खेल्दै आएको छ, तर अहिले एक जना पनि समानुपातिक उम्मेदवार नबनाइनु दुर्भाग्य हो ।’
नेताहरुले आफ्नो क्षेत्र र जिल्लालाई मात्र महत्व दिएकोप्रति आक्रोश व्यक्त गर्दै खड्काले पार्टीले रामेछापलाई न्याय गर्न नसकेको बताए । ‘एक जना पनि समानुपातिकको सूचिमा नपर्नु दुःख लाग्ने विषय हो’, खडकाले भने,‘पार्टीका नेताहरुले आफ्नो क्षेत्र र शहरलाई मात्र ध्यान दिए रामेछापलाई वास्था नै गरेनन ।’

प्रतिक्रिया दिनुहोस्