वाम गठबन्धनलाई जिताउन एकताबद्ध भएर लागौःयुवराज चौलागाई



१७ कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एव विदेश विभाग प्रमुख युवराज चौलागाईले वाम गठबन्धनलाई जिताउन एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । उनले बाम गठबन्धनलाई उत्साहको रुपमा लिनु पर्ने बताउदै बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताएका हुन् ।
वाम गठबन्धनद्धारा शुक्रवार रामेछापको दोरम्बामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता चौलागाईले असहमति पार्टीभित्र बसह गर्ने विषय भएको बताउदै बाम गठबन्धनलाई जिताउनु नै अहिलेको अभिभारा भएको बताए । उनले भने,‘पार्टीभित्र बाहिर एउटा कुरा गरेर भित्र अर्को निर्देशन जारी नगरौ उनीहरुलाई खबरदारी गरौ ।’


देशमा लामो समयदेखि जकडिएको समस्याबाट मुक्ति बनाउन वाम गठबन्धन बनेको बताउदै नेता चौलागाईले वामपन्थी गठबन्धनले नै सबै समस्याको समाधान गर्ने बताए । हिजो बन्दुक छुनै हुँदैन र बन्दुक नबोकी हुँदैन भन्ने शक्तिहरु अहिले एकै ठाउँमा आएका छौ, उनले भने, ‘माओवादी आफै मात्र ठिक छ र एमालेले पनि आफु मात्र ठिक थियौ भन्ने घमण्ड नगरौ, हामी दुवै अपूर्ण थियौ अहिले पूर्ण भएका छौ ।’
कम्युनिष्ट व्यवस्था आउदा जनताले रुनु नपर्ने अरु कम्युनिष्ट शासनमा जनताले हास्न पाउने गरी विकास र समृद्धिको युग सुरु हुने बताउदै नेता चौलागाईले सत्ताको तर मारेर बसेको कांग्रेसले आफ्नो अस्तित्व मेटिने त्रासको कारण आत्तिएको बताए । उनले वाम गठबन्धनबाट साझा उम्मेदवारी दिइएकाले हसिया हतौडामा भोट दिनेले सूर्यमा र सूर्यमा भोट दिनेले हासिया हतौडामा भोट हाल्न पनि अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्