मोक्तान र गुरुङ रामेछाप माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार



१७ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले रामेछापबाट नेकपा माओवादीका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तान र नेतृ लक्ष्मी गुरुङलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मोक्तान प्रनिनिधिसभाको लागि माओवादीले समानुपातिक सूचिमा परेका छन् भने पूर्वसभासद समेत रहेकी लक्ष्मी गुरुङलाई प्रदेशसभाको उम्मेदवारको समानुपातिक सूचीमा समावेश गरिएको छ । माओवादी केन्द्रले सार्वजनिक समानुपातिक तर्फको सूचीमा माओवादी केन्द्रबाट दुई जना समावेश भएका छन् ।

मोक्तान रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ र गुरुङ प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टीले सिफारिस गरेर पठएको थियो । तर बाम गठबन्धनमा भएको सिट बाँडफाँडमा माओवादी केन्द्रले प्रतिनिधिसभा र एमालेले दुवै प्रदेश सभा लिएपछि माओवादीले दुवै जनालाई समानुपातिक तर्फको बन्द सूचीमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्