दोरम्बाबाट वाम गठबन्धनका नेताहरुको घोषणाःरामेछापको लाल किल्ला कसैले भत्काउन सक्दैन



१७ कात्तिक, रामेछाप ।
वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले रामेछापको कम्युनिष्टहरुको लाल किल्ला कसैले पनि भत्काउन नसक्ने घोषणा गरेका छन् । वाम गठबन्धनले नै देशको समृद्धि गर्ने बताउदै नेताहरुले रामेछापको विकास र समृद्धिको लागि बाम गठबन्धनले जित्ने बताएका हुन् ।

बाम गठबन्धनलाई जिताउन एकताबद्ध भएर लागेको बताउदै रामेछापमा बाम गठबन्धनका नेताहरुले गठबन्धनभित्र असन्तुष्टि नरहेको स्पष्ट पारेका छन् । बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा र दुई वटै प्रदेशसभाका साझा उम्मेदवारहरुलाई जिताउन मन बचन कर्मबाट लाग्ने प्रतिबद्धता पनि नेताहरुले व्यक्त गरेका छन् ।

सबै नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नु पर्छः पौडेल
चुनावी सभालाई सम्बोधन गर्दै संयुक्त बाम गठबन्धन रामेछापका संयोजक एवं एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलले रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित भइसकेको बताए । उनले रामेछाप तीन लालको किल्ला भएको बताउदै कुनै पनि तागतले रामेछापमा अब वाम गठबन्धनलाई हराउन नसक्ने बताए । उनले वामगठबन्धनमा आबद्ध सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर निर्वाचनमा होमिन र गठबन्धनलाई विजयी गराउन लाग्न पनि निर्देशन दिए ।

दुई तिहाई बहुमतले बाम गठबन्धन विजयी हुन्छः उम्मेदवार श्रेष्ठ
रामेछाप प्रतिनिधिसभाका वाम गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादीका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामपन्थी गठबन्धनको दुई तिहाई आउने बताए । देशको समृद्धि र दिगो विकासको लागि बाम गठबन्धन नबेको बताउदै रामेछापको समृद्धिको बाम गठबन्धनको विजयीले मात्र सम्भव हुने बताए । ‘२०७० सालको निर्वाचनमा संविधान निर्माणको लागि निर्वाचित गरेर रामेछापवासीले पठाउनु भो मैले संविधान निर्माणमा भूमिका निर्वाह गरे’, उम्मेदवार श्रेष्ठले भने,‘अहिले संविधान कार्यान्वयन गर्नको लागि पार्टीले उम्मेदवार बनाएर पठाएको छ, यस पटक पनि भारी मतले जिताउने म विश्वस्त छु ।’ रामेछापले विभिन्न कालखण्डमा ठूलठूला वलिदानी गरेकै कारण अहिले कम्युनिष्ट पार्टी यो अवस्थामा आइपुगेको हो, उनले भने ।

बाम गठबन्धनलाई जिताउन एकतबद्ध बनौः चौलागाई
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एव विदेश विभाग प्रमुख युवराज चौलागाईले वाम गठबन्धनलाई जिताउन एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । उनले बाम गठबन्धनलाई उत्साहको रुपमा लिनु पर्ने बताउदै बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताएका हुन् । नेता चौलागाईले असहमति पार्टीभित्र बसह गर्ने विषय भएको बताउदै बाम गठबन्धनलाई जिताउनु नै अहिलेको अभिभारा भएको बताए ।

अब खटपट र गडबडी छैन, हामी एकताबद्ध छौः मोक्तान
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तानले माओवादी केन्द्र र बामगठबन्धनभित्र कुनै पनि खटपट र गडबडी नभएको बताए । उनले भने बाम गठबन्धनलाई जिताउनु नै अहिलेको मुख्य काम भएको बताउदै वाम गठबन्धनको साझा उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताए । बाम गठबन्धन नै अहिलेको आवश्यकता भएको बताउदै समाजवादी लक्ष्य प्राप्त गर्नको लागि दुई पार्टी मिल्नुको विकल्प नभएको बताए ।

रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित भइसकेको छः उम्मेदवार ढुंगेल
बाम गठबन्धनको तर्फबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार कैलाश ढुङगेलले रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित रहेको बताए । उनले बाम गठबन्धन अहिलेको आवश्यकता रहेको बताउदै रामेछापमा बाम गठबन्धनले जित्नेमा कुनै शकां नभएको बताए ।


एकताबद्ध भएर लाग्नु पर्छः ढुंगेल
नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङगेलले बाम गठबन्धनलाई विजयी बनाउन सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए । उनले भने,‘रामेछापमा बाम गठबन्धन तीस हजार मतले अगाडि छ, यस कारण पनि वाम गठबन्धनको जित सुनिश्चित छ ।’


सभामा नेकपा एमाले रामेछापबाट प्रदेश सभाका समानुपातिक उम्मेदवार आनन्द श्रेष्ठले रामेछाप कम्युनिष्टहरुको लाल किल्ला रहेकाले बाम गठबन्धनको जित हुनेमा कुनै शका नरहेको बताए । कार्यक्रममा संयुक्त बामगठबन्धन रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का संयोजक टंकलाल घिसिङ टकलले रामेछाप जिल्लामा अब कुनै पनि शक्तिले चुनावी जित्न नसक्ने बताए ।

चुनावी सभामा एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकी र एमाले जिल्ला कमिटी रामेछापका सल्लाहकार सदस्य रत्न गौतमले बाम गठबन्धनलाई जिताउन सबै एक जुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा पूर्व सभासद डिल्लीमान तामाङ, निवर्तमान सांसद कमला सुवेदी, माओवादी केन्द्रका नेता पेमा लामा,दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह लामा, मिलन घिसिङ, हिरा श्रेष्ठ, उदय बहादुर मगर लगायतको सहभागीता रहेको थियो ।


एक दर्जन कांग्रेस परित्याग गरेर वाम गठबन्धमा प्रवेश
दोरम्मा आयोजित चुनावी सभामा दोरम्बा कांग्रेसका एक दर्जन भन्दा बढी वाम गठबन्धनमा प्रवेश गरेका छन् । वाम गठबन्धनमा प्रवेश गर्नेहरुमा सुब्बा थामी, बम बहादुर थामी, सुब्बा थामी, पुष्कर थामी, दिर्घराज थामी, सविन थामी, कुमार थामी, कुनीमाया थामी, वल बहादुर थामी, चन्द्र बहादुर थामी, लाल बहादुर थामी, बम बहादुर थामी, राजु थापमगर, रोशन थापामगर लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्