कांग्रेसका उम्मेदवार कान्छारामलाई २१ किलोको माला



१८ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका रामेछापका उम्मेदवार पूर्णबहादुर तामाङलाई स्थानीयले २१ किलोको मालाले स्वागत गरेका छन् । चुनावी अभियानको क्रममा आज सुनापति गाउँपालिका २ दिमीपोखरीमा आयोजित चुनावी सभामा तामाङलाई २१ किलोको माला लगाइएको हो ।


चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तामाङले आफूले जित रामेछापको विकास गर्ने बताए । उनले विगतदेखि नै रामेछापको विकास निर्माणमा भूमिका खेल्दै आएको बताउदै उनले आगामी दिनमा जित हार जे पनि रामेछापवासीको सेवामा लाग्ने बताए ।


चुनावी सभामा रामेछाप प्रदेशसभा २ बाट नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले समृद्धि रामेछाप निर्माणको लागि कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताए । उनले भ्रष्टचारमुक्त समाज निर्माणको लागि आफू लाग्ने बताउदै समृद्ध रामेछाप निर्माणको लागि आफूले जिते मन बचन र कर्मबाट लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्