रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर जित्छःपूर्वसभासद श्रेष्ठ



१८ कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्रका पूर्व सभासद तारानारायण श्रेष्ठ ‘विगुल’ले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर विजयी हुने बताएका छन् । रामेछापमा कम्युनिष्टहरुको लाल किल्ला भएकाले बाम गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् ।


प्रतिनिधिसभा रामेछापको संयुक्त चुनाव परिचालन कमिटीका सचिव समेत रहेका श्रेष्ठले वाम गठबन्धनले नै रामेछापको समृद्धि र विकास गर्ने बताए ।

रामेछापको मन्थलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी र शिक्षक र कर्मचारी संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले बाम गठबन्धनको पक्षमा व्यापक जनलहर आएको बताए । नेता श्रेष्ठले विद्यार्थी, शिक्षक र कर्मचारी संगठनलाई निर्वाचनमा एकताबद्ध भएर बाम गठबन्धनलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्