बाम गठबन्धनले हिलेदेवीमा चुनावी सभा गर्दै



१८ कात्तिक, रामेछाप ।
वाम गठबन्धनले सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा चुनावी सभा गर्ने भएको छ । बाम गठबन्धनले चुनाव प्रचार–प्रसार अन्तर्गत भोली सुनापति गाउँपालिका–३ हिलेदेवीमा चुनावी सभा गर्न लागेको हो । सुनापति गाउँपालिका–३ का वडा अध्यक्ष बाबुराम तामाङले चुनाव सभाको लागि सम्पूर्ण तयारी सम्पन्न भएको बताए ।

चुनावी सभालाई रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठ, रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल लगायत बाम गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय निर्वाचनमा सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा विजयी हासिल गरेको थियो । हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले चुनावी सभाको लागि रामेछापबाट काठमाडौंमा आएर बसोबास गरेकाहरुको पनि सहभागीता हुने जानकारी दिए । बाम गठबन्धनलाई जिताउको लागि मञ्चले अभियान सुरु गरेको बताउदै अध्यक्ष थिङले रामेछापबाट काठमाडौंमा आएर बसोबास गर्नेहरुले पनि बाम गठबन्धनलाई जिताउन भूमिका निर्वाह गर्ने बताए । रामेछापमा बाम गठबन्धनले चुनावी प्रसार प्रसारलाई तीब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्